• vacancy ad
  • चेल्सीको अपराजित यात्रामा पूर्णविराम, घरेलु मैदानमा स्तब्ध

  • Ad Space available
  • काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

    शनिबारसाँझ भएको खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग १–० ले स्तब्ध बनेको हो।

    चेल्सीको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दोस्रो हाफमा निर्णायक गोल गरे । खेलको ५३ औं मिनेटमा जिससले कान्सेलोको पासमा गोल गरेका हुन् ।

    यो जितसँगै सिटीले ६ खेलमा १३ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सी ६ खेलमा १३ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ।

    सिफारिस
    लोकप्रिय