• vacancy ad
  • एकीकृत समाजवादीको जिल्ला कमिटी गठन

  • Ad Space available
  • बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन्।

    बागलुङ बजारमा आज सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

    ad space

    कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन्। महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिए।

    जिल्ला भेला आयोजक कमिटीको संयोजक बनेका थापालाई भेलाले अध्यक्षमा निर्वाचित गरेको हो । भेलामा निर्वाचन समितिले प्रस्तुत गरेका सबै नामावली सर्वसम्मतरूपमा पारित भएका थिए ।

    त्यस्तै भेलाले पार्टीका जनवर्गीय सङ्गठनमा नेतृत्व घोषणा गरेको छ । युवा सङ्घ बागलुङमा प्रदीप जिसी, पेशागत महासङ्घमा रीता राना र अखिल नेपाल महिला संघ क्षेत्र नं १ मा सीता छन्त्याल थापाको नेतृत्वमा कमिटी घोषणा भएको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय