• vacancy ad
  • देशभर थपिए ९५३ कोरोना संक्रमित, ६ जनाको मृत्यु

  • Ad Space available
  • नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १० हजार ५७९ जनाको एन्टिजेन र पिसिआर परीक्षण गर्दा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    ad space

    उक्त अवधिमा थप १ हजार ३७१ जना संक्रमित निको भएका छन् ।

    कोरोना संक्रमणका कारण नेपालमा ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय