• vacancy ad
  • नारायणहिटीबाट श्रीपेच चोरी गर्न खोजेको आरोपमा पक्राउ

  • Ad Space available
  • काठमाडाैं। नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँ बस्ने खेमबहादुर घर्ती रहेका छन् ।

    उनको मानसिक अवस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

    उनले भित्र रहेको सो–केस फुटाएर त्यहाँ रहेको श्रीपेच निकाल्न खोज्दा सुरक्षार्थ रहेका नेपाली सेनाले नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाएका छन् । सङ्ग्रहालयमा राजाले लगाएको श्रीपेच सङ्ग्रह गरेर राखिएको छ ।

    सिफारिस
    लोकप्रिय