• vacancy ad
  • एमालेमा फेरि बढ्यो विवाद : उपाध्यक्ष रावल लगायतका नेताक‍ो केन्द्रियसमिति बहिस्कार गर्ने चेतावनी

  • Ad Space available
  • माधव नेपाल पक्षका नेताहरूले एमाले फुटाएर समाजवादी पार्टी गठन गरेपछि साम्य देखिएको एमाले विवाद फेरि बढेको छ ।

    पहिले जस्तै दोस्रो धारका नेताहरूले केन्द्रियसमितिको बैठक बहिस्कार गर्ने चेतावनी दिन थालेका छन् ।

    उनीहरुले एमाले एकताका लागि प्रस्ताव गरिएको १० वुँदे प्रस्तावको कार्यान्वयन नभएको भन्दै नेतृत्वलाई दबाब दिन थालेका छन् ।

    विधान महाधिवेशनको पूर्व तयारीमा राखिएको केन्द्रीय समिति बैठकमा उनीहरुले १० वुँदे कार्यान्वयन नभएसम्म बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

    स्रोतकाअनुसार यस्तो पक्षमा उपाध्यक्ष भीम रावललगायत १० नेता रहेका छन् ।

    सिफारिस
    लोकप्रिय