• vacancy ad
  • आज संसद् बैठक, यस्तो छ कार्यसूची

  • Ad Space available
  • काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ ।
     
    भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक केही समयपछिका लागि बोलाएर एमालेसँग सहमति खोज्ने प्रयास गरे पनि ठोष उपलब्धी हुन सकेको छैन । 

    संसदको अवरोध हटाउन सभामुख सापकोटाले सर्वदलीय बैठक आयोजना गरेका थिए । तर एमालेले भने बहिष्कार गरेको थियो ।एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ । 

    सिफारिस
    लोकप्रिय