• vacancy ad
  • कोरोनाको कारण बाँकेमा एकै रात १० जनाको मृत्यु

    corona death
  • Ad Space available
  • कोरोनाको ‘हटस्पट’ मानिएको बाँकेमा पछिल्लो रात १० जनाको मृत्यु भएको छ । भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा गरी १० जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
    बाँकेमा मात्रै कोरानाबाट ज्यान गुमाउनेको संख्या १६९ पुगेको छ । बाँकेमा मृत्युदर र संक्रमणदर बढ्दो देखिएको छ । बाँकेमा पछिल्लो पटक परीक्षण गरिका मध्ये ७७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा ९२७ जनाको कोरोना परीक्षण गरिएकोमा ७०० जनामा पोजेटिभ बाँके कोरोना फोकल पर्सनले जानकारी गराएका छन् ।
    संक्रमितमध्ये ३९९ जना पुरुष रहेका छन् भने ३०१ जना महिला रहेका छन् । बाँकेमा परीक्षण गराउने तीन वटा ल्यावमध्ये भेरी अस्पतालमा ५३५, बागेश्वरी ल्यावलमा १८७ र मेडिकल कलेज कोहलपुरमा १०९ जना पछिल्लो २४ घण्टामा संक्रमित देखिएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय