• vacancy ad
  • लुम्बिनी प्रदेशमा पनि एमालेले चल्न दिएन संसद

  • Ad Space available
  • बुटवल। लुम्बिनी प्रदेशमा पनि नेकपा एमालेले प्रदेशसभा निरन्तर अवरोध गरिरहेको छ ।

    प्रतिपक्षी दल (नेकपा एमाले) ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।

    ad space

    सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिए।

    बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारबाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए ।

    एमालेले तत्कालीन नेकपाबाट प्रदेशसभामा निर्वाचित भएकी विमला वली र सूर्य चिन्हबाट निर्वाचित स्वतन्त्र राजनीतिक समूहका सांसद अजय शाहीलाइ कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा बुझाएको छ ।

    वलीले २३ फागुनमा एमाले र माओवादी अलग हुन सर्वाेच्चको फैसलापछि माओवादी केन्द्र रोजेकी थिइन् । सर्वोच्चले पार्टी अलग हुने फैसला गरे पनि नेकपाबाट निर्वाचित जनप्रतिनिधि कुन पार्टीको हुन्छ भनेर फैसला गरेको छैन ।

    एमालेले भने माओवादी केन्द्र रोजेपछि वलीमाथि कारबाही गरेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय