काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
खनाल निवास डल्लुमा उनीहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन्।
प्रधानमन्त्री देउवा नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुगेका थिए।
सिफारिस
लोकप्रिय


