• vacancy ad
  • सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेले गर्‌यो बहिस्कार

  • Ad Space available
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेक‍ो सहभागिताविन‌ै सभामुख अग्नि सापकोटाले आह्वान गरेकाे सर्वदलीय बैठक सुरू भएको छ । एमालेले निरन्तर संसद अवरुद्ध पारेपछि सभामुख सापकोटाले बोलाएको बैठक बानेश्वरस्थित संसद भवनमा सुरु भएको हो ।

    असम्बन्धित दललाई पनि बोलाएको भन्द‌ै एमालेले बैठक बहिष्कार गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव, लाेसपाबाट महन्त ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् । राप्रपा सांसद राजेन्द्र लिङ्देन भने उपत्यकाबाहिर रहेकाले उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराएका छन् ।

    सिफारिस
    लोकप्रिय