• vacancy ad
  • गठबन्धनको बैठक बालुवाटारमा : एमसीसी र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

  • Ad Space available
  • काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्ने भएको छ । बिहान ९ बजे बस्ने बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेकी छिन् ।

    यस्तै बैठकमा सरकार विस्तारबारे पनि छलफल हुने छ । बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुनै विषयमा छलफल नभएको राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

    बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भए भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ढिलोगरी पुगेका थिए । सोही कारण कुनै पनि विषयमा छलफल नभएको पौडेलले बताएकी थिइन् ।

    सिफारिस
    लोकप्रिय