काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ।
एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमासहितको टोलीले अध्यक्ष नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग छलफल गरेको हो ।
उपाध्यक्ष सुमारसहितको टोली बिहीबान नै नेपाल आइपुगेको हो । नेपाल आएलगत्तै टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो।
सिफारिस
लोकप्रिय


