• vacancy ad
  • सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्र पढियो, दुवै षड्यन्त्रः भीम रावल

  • Ad Space available
  • काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेपाल सरकारले जनतालाई झुक्याएर एमसीसी संसदबाट अनुमोदन गराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

    सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्र पढ्दा षड्यन्त्र दुवैतर्फबाट जनता झुक्याउने षड्यन्त्र पाइएको दाबी रावलले गरेका छन्। दुवै तर्फका पत्रमा एमसीसीमा रहेका राष्ट्रलाई हानि हुने बुँदा संशोधन गर्ने उल्लेख नरहेको पूर्व गृहमन्त्रीसमेत रहेका एमाले नेता रावलको टिप्पणी छ।

    ‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुवे पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्,’ उनले सामाजिक सञ्जालमार्फत बुधबार राति भनेका छन्, ‘यी दुवै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानुनविपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।’

    सिफारिस
    लोकप्रिय