• vacancy ad
  • पार्टी विभाजन गर्न सभामुख मतियार बनेको एमालेको आरोप

  • Ad Space available
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो दल विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटा मतियार बनेको आरोप लगाएको छ ।

    बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाउन भूमिका खेलेको आरोप लगाए ।

    उनले भने, ‘नेकपा एमालेले कारबाही गरेका सांसदलई बचाउन र एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं ।’

    एमालेले प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    सिफारिस
    लोकप्रिय