• vacancy ad
  • दार्चुला घटना : भारतलाई पठाएको कूटनीतिक नोटबारे संसदलाई जानकारी गराइने

  • Ad Space available
  • काठमाडौं । दार्चुला घटनाबारे भारतलाई पठाएको कूटनीतिक नोटबारे सरकारले प्रतिनिधिसभालाई जानकारी गराउने भएको छ ।

    बुधबारदेखि सुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले कूटनीतिक नोटबारे सदनलाई जानकारी गराउने भएका हुन्।

    भोलि दिउँसो ४ बजे संसद बोलाइएको छ । दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा नेपाली युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।

    सो घटनापछि बनेको अनुसन्धान समितिको प्रतिवेदनपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
    सरकारले दार्चुला घटनाबारे अध्ययन गर्न गठित समितिले एसएसबीले तुइन काटिदिँदा सो घटना भएको प्रतिवेदन दिएको थियो ।

    सिफारिस
    लोकप्रिय