• vacancy ad
  • देउवा सरकारले राष्ट्रियता जोगाउन नसकेको ओलीको आरोप

  • Ad Space available
  • प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाएका छन् । पोखरामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै उनले नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकाेप्टर उडाइएको विषयमा मौन बसेको आरोप लगाए ।

    ‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भने । बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ ।

    अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका ओलीले भने, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन ? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन ?’

    सिफारिस
    लोकप्रिय