• vacancy ad
  • जोगिमारामा खस्यो पहिरो, मुग्लिन–नौबिसे सडक खण्ड अबरुद्ध

  • Ad Space available
  • काठमाडौँ । वर्षाको कारण सडकमा पहिरो खस्दा मुग्लिन–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ।

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा मंगलबार बिहान ६ पहिरो खसेको हो। ठूलो पहिरो खस्दा राजमार्ग दुइतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने प्रहरीले जनाएको छ।

    पहिरोले यातायात अवरुद्ध हुँदा सडकको दुबैतर्फ सबारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरुले सास्ती पाएका छन्।

    सिफारिस
    लोकप्रिय