• vacancy ad
  • सभामुख सापकाेटाको भूमिकामाथि एमालेले संसदमै प्रश्न उठाउने

  • Ad Space available
  • काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामाथि संसदमा नै प्रश्न उठाउने भएको छ ।

    एमालेले सभामुख सापकोटाले प्रतिपक्षी दल एमालेको विभाजनमा सहयोगी बनेको भन्दै एमालेले प्रश्न उठाउने भएको हो।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटा एमाले विभाजनको षड्यन्त्रमा समेल भएको उनले सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने बताए ।

    सोमबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘पर्सि संसद सुरु हुँदैछ।अग्निप्रसाद सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा हो हामीले सोध्नै पर्नेहुन्छ।’

    ओलीले कुनै महत्व थाहा नभएको मान्छे सभामुखको कुर्सीमा विराजमान रहनु देशको दुर्भाग्य भएको टिप्पणी गरे ।

    सिफारिस
    लोकप्रिय