• vacancy ad
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध नगर्न सरकारको अनुरोध

  • Ad Space available
  • काठमाडाैं। सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमित सेवा प्रवाहमा अवरोध नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ ।

    प्रतिष्ठानका समस्या पहिचान तथा छानबिन गरी उच्चस्तरीय कार्यदलले सरकारसमक्ष प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भइसकेको सन्दर्भमा कोभिड महामारीको अहिलेको अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील र अत्यावश्यक सेवा सञ्चालन गतिरोध सृजना नगर्न सरकारले अनुरोध गरेको हो ।

    ad space

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत पक्ष र सरकारबीच भएका सहमति कार्यन्वयनमा गइसकेको जानकारी दिँदै नौ बुँदै प्रेस विज्ञप्तिमा सम्बोधन हुन बाँकी माग पनि कार्यान्वयनको प्रक्रियामा रहेकाले स्वास्थ्यसेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय