काठमाडौं। भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतसँग नेपाल २–१ ले पराजित भएको थियो ।
सबै गोल खेलको दोस्रो हाफमा सम्भव भएका थिए । खेलको ६२ औं मिनेटमा भारतका लागि फारुख चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए ।
८० औं मिनेटमा सुनिल क्षेत्रीले अग्रता दोब्बर पारे। खेलको ८६ औं मिनेटमा नेपालका लागि तेज तामाङले एक गोल फर्काए ।
यसअघि पहिलो मैत्रीपूर्ण खेलमा दुवै देशले १–१ गोलको बराबरी खेलेका थिए ।
सिफारिस
लोकप्रिय


