• vacancy ad
  • कक्षा १२ को परीक्षा भदौ ३० देखि गर्ने निर्णय

  • Ad Space available
  • काठमाडौं। कक्षा १२ को परीक्षा भदाै ३० गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो।

    यसअघि कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण २ पटक स्थगित गरिएको थियो ।

    ad space

    बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

    यसअघि ३१ साउनदेखि हुने भनिएको परीक्षा कोभिड– १९ को कारण देखाएर स्थगित भएको थियो। पौने चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदैछन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय