• vacancy ad
  • काबुल विमानस्थलमा प्रहार गरिएको रकेट विफल पारिदिएको अमेरिकी दाबी

  • Ad Space available
  • एजेन्सी। काबुल विमानस्थललाई लक्षित गरी प्रहार गरिएका केही रकेटलाई आफ्नो क्षेप्यास्त्र प्रतिरोधक प्रणालीले विफल पारिदिएको अमेरिकाले जनाएको छ।

    अफगानिस्तान छोड्न लागेको अमेरिकी सेनाले अहिले काबुल विमानस्थललाई सुरक्षा प्रदान गरिरहेको छ।

    ad space

    अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले विदेशी सेनालाई देश छोड्न निर्धारण गरेको समयसीमा सकिने अघिल्लो दिन सो घटना भएको हो।

    अमेरिकाले सोमवार बिहान कम्तीमा पाँचवटा रकेटलाई खसालिएको जनाएको ​छ।

    स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका भिडिओ र तस्बिरमा काबुलका छतबाट धुवाँ निस्किएको र एउटा जलेको गाडी सडकमा देखिन्छ।

    अफगान सञ्चारमाध्यमका अनुसार एउटा सवारीसाधनको पछाडिपट्टिबाट रकेट आक्रमण गरिएको थियो। सो हमलाको कसैले पनि जिम्मेदारी लिएको छैन

  • ad space
  • सिफारिस
    लोकप्रिय