• vacancy ad
  • काठमाडौंको फोहर तत्काल उठाउने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

  • Ad Space available
  • काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन्।

    उनले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए।

    ad space

    सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौंको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय