• vacancy ad
  • ड्राइभिङ लाइसेन्स परीक्षा पुनः सुरु हुँदै

  • Ad Space available
  • कोरोना महामारीका कारण विगत चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ ।

    यातायात व्यवस्था विभागले भदौ तेस्रो सातादेखि लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै सुरु गर्ने तयारी गरेकाे छ । विभागले आफू मातहतका कार्यालयलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिइसकेकाे छ ।

    यसैबीच यातायात कार्यालय ललितपुरले २० गतेदेखि सुरु गरेको छ भने अन्य यातायात कार्यालयले पनि सूचना जारी गर्ने तयारी गरेका छन् । हाल झण्डै सात लाख सेवाग्राही सवारीसाधनको लाइसेन्स ट्रायल खुल्ने प्रतिक्षामा छन् ।

    सिफारिस
    लोकप्रिय