काठमाडौँ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व(पश्चिम राजमार्गको पुल भासिएको छ। अविरल वर्षापछि उक्त पुल भासिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले पुल भासिएकोले सवारी आवागमन बन्द भएको जानकारी दिए।
पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको छ। बिहीबार साँझदेखि परेको पानीले पूर्व(पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ।
सिफारिस
लोकप्रिय


