काठमाडौं। महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ।
बुधबार आयोगमा १४ जना सांसद र १७ जना कार्यकारिणी सदस्यले सनाखत गरेपछि आयोगले लोसपालाई अलग दलको मान्यता दिएको हो।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो।
आयोगले जसपाको उपेन्द्र यादव पक्षलाइ आधिकारिकता दिएपछि ठाकुर पार्टी बिहीन बनेका थिए।
अध्यादेश ल्याउनुअघि उनीसँग नयाँ दल दर्ताका लागि ४० प्रतिशत थिएन । अध्यादेश ल्याएपछि ठाकुरले २० प्रतिशत पुर्याएर दल दर्ता गरेका हुन्।
सिफारिस
लोकप्रिय



