लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा ३७ मध्ये १४ जना सांसदले सनाखत गरेका छन् ।
यस्तै नयाँ पार्टी दर्ताका लागि जसपामा रहेका ५१ मध्ये १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले महन्थ ठाकुर नेतृत्वको लोसपाको पक्षमा बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।
जसपाका तर्फबाट प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ सांसद छन् । त्यसमध्ये दुई जना निलम्बित छन् । नयाँ दल दर्ताका लागि कार्यकारिणी समितिबाट ३३ प्रतिशत र ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ ।
प्रस्तावित पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतोलाई प्रस्ताव गरिएको छ । पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी नामावली बुझाइएको छ । पार्टीको चुनाव चिन्ह भने साइकल प्रस्ताव गरिएको छ ।
सिफारिस
लोकप्रिय



