• vacancy ad
  • महरा बने माओवादी केन्द्रको प्रवक्ता

  • Ad Space available
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी नेता कृष्णबहादुर महरालाई दिइएको छ।

    सभामुख हुँदा यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट हटाइएका महराले लामो समयपछि पार्टीमा प्रभावकारी भूमिका पाएका हुन्। यस अभियोगमा उनले अदालतबाट सफाइ पाइसकेका छन्।

    ad space

    सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो।
    नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय