नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो भने २ हजार ६२२ एन्टिजेन परीक्षण गर्दा २५३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सोमबार १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।
सिफारिस
लोकप्रिय


