• vacancy ad
  • माधव नेपालले पार्टीको नाममा समाजवादी थप्दा किन हाैसिए बाबुराम

  • Ad Space available
  • काठमाडाैँ । नेकपा एमालेबाट अलग्गिएर माधव नेपाल समूहले गठन गरेको नयाँ दलको नाममा समाजवादी शब्द राखेकामा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन्।

    नेता नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरी निर्वाचन आयोगमा दर्ताका लागि शुक्रबार निवेदन दिइएको छ। यसरी आफ्नो पार्टीले जस्तै समाजवादी शब्द राखेकामा डा. भट्टराई रमाएका हुन्।

    ‘समाजवाद’ शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य छ।नयाँ दर्ता भएका दलहरूको नाउँबाट त्यस्तै संकेत मिल्छ,’ पुँजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति पनि हो,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब बहस होस् कस्तो समाजवाद? प्रजातान्त्रिक समाजवाद? वैज्ञानिक समाजवाद? समावेशी/सहभागितामूलक समाजवाद?’

    सिफारिस
    लोकप्रिय