• vacancy ad
  • तालिबान नेता बरादर सरकार गठनबारे छलफल गर्न काबुलमा

  • Ad Space available
  • एजेन्सी। नयाँ सरकार गठनका लागि छलफल गर्न तालिबानका संस्थापक नेता मुल्लाह अब्दुल घानी बरादर काबुलमा पुगेका छन्।

    १५ अगस्टमा काबुलमाथि नियन्त्रण कायम गरेको तालिबानका उच्च नेताहरू अफगानिस्तान पुग्ने क्रम जारी छ। काबुलमा उच्च तालिबानी नेता खलिल हक्कानी पनि पुगेका छन्। अमेरिकाले उनको टाउकाको मूल्य ५० लाख डलर तोकेको थियो।

    हक्कानीले अर्का प्रभावशाली नेता गुलबुद्दिन हेकमातेयरसँग छलफल गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। गुलबुद्दिन अफगानी राजनीतिमा प्रभावशाली नेता मानिन्छन्।

    बरदारी गत मंगलबार दोहाबाट जलालबादा पुगेका थिए। तालिवानीले समावेशी सरकार गठन गर्ने बताएपनि कसलाइ सहभागी गराउने भन्ने बारेमा केही उल्लेख गरिएको छैन।

    सिफारिस
    लोकप्रिय