• vacancy ad
  • थप ३,२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्‍यु

  • Ad Space available
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ६ पीसीआर परीक्षणमा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षणमा ७ सय ८७ गरी ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

    ad space

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना निको भएका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ भने १० हजार २१२ जनाको मृत्यु भएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय