• vacancy ad
  • लुम्बिनीको नयाँ मुख्यमन्त्रीका लागि २२ घण्टाभित्र दाबी गर्न आह्वान

  • Ad Space available
  • बुटवल। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसारको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

    मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ बिहीबार दिउँसो ३ बजेसम्ममा बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

    ad space

    मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा छलफल हुनुअघि नै उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्।

    प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न आह्वान गरेका हुन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय