• vacancy ad
  • बढी शुल्क लिन खोजेको भन्दै जनकपुर इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलित

  • Ad Space available
  • काठमाडाैं। कलेज प्रशासनले बढी शुल्क लिन खोजेको भन्दै जनकपुर इन्जिनियरिङ क्याम्पस कुपन्डोलका विद्यार्थी आन्दोलित बनेका छन्।

    कलेज प्रशासनले पहिलेको सेमेस्टरमा जम्मा १० प्रतिशत छुट दिएर टारेको र यसपटक पनि लाग्नेभन्दा बढी शुल्क लिन खोजेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्।
    विद्यार्थीले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै ३५ प्रतिशत छुट कायम गर्न मागसहित आन्दोलन गरेका हुन्।

    वैज्ञानिक रूपमा लाग्ने शुल्क तिर्न आफूहरु तयार रहेको तर अनावश्यक रूपमा लाग्ने भन्दा बढी एक रुपैयाँ नतिर्ने विद्यार्थीको भनाइ छ।

    सिफारिस
    लोकप्रिय