• vacancy ad
  • आजको मौसम : देशभर पानी पर्ने

  • Ad Space available
  • काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा विस्तारै दक्षिणतर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    अहिले देशभर सामान्य बदलीसँगै केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनी प्रणाली सामान्यतर्फ उन्मुख भएकाले केही दिन लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाको भनाइ छ।

    आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    सोमबारबाट भने उच्च पहाडी र हिमाल छोएका जिल्लामा वर्षा हुने सम्भावना रहेको छ।

    सिफारिस
    लोकप्रिय