• vacancy ad
  • ओलम्पिक खेलमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

  • Ad Space available
  • काठमाडाैं। भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

    आज सार्वजनिक भएको खेल तालिकाअनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएकी हुन्। उनी ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन्।

    भट्ट विश्व वरीयतामा १२७औं स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन्। उक्त खेल साउन ९ गते हुनेछ। पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ।

    भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन्। उनले नेपालमा आयोजना भएको तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा कास्य पदक जितेकी थिइन्।

    डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन। रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन्।

    सिफारिस
    लोकप्रिय