• vacancy ad
  • ओलीले डाके स्थायी कमिटी बैठक

  • Ad Space available
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले साउन १ गते बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको बताए।

    बैठक तुलसीलाल प्रतिष्ठान, ग्वार्कोमा बोलाइएको छ। बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूलाई समेत बोलाइएको उनले जानकारी दिए।

    एमालेले सोही दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकमा पनि नेपाल समूहका सांसदहरूलाई बोलाइएको तामाङको भनाइ छ।

    सिफारिस
    लोकप्रिय