• vacancy ad
  • गुणस्तरहीन स्यानिटाइजर उत्पादनका आरोपी जेल चलान

  • Ad Space available
  • काठमाडाैं। गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा पक्राउ परेका ललितपुरका आशिष प्याकुरेल पुर्पक्षका लागि जेल चलान भएका छन्।

    प्याकुरेललाई ललितपुर जिल्ला अदालतले थुनछेक बहसबाट पुर्पक्षको लागि जेल चलान गरेको हो। १० जेठमा ‘बजारमा विषाक्त स्यानिटाइजर रहेको’ सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाबाट निगरानीका लागि परिचालित गुप्तचर टोलीले प्याकुरेललाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको थियो।

    पक्राउपछि अनुसन्धानका क्रममा राजस्व समेत छली गरेको पाइएको प्रहरीले जनाएको छ।

    राजस्व छली गरेकोले थप अनुसन्धान गर्नुपर्ने भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए।

    प्याकुरेलले ललितपुरमा सञ्चालन गरेको सर्जिकल कम्पनीले हालसम्म आन्तरिक राजश्व कार्यालय मार्फत कुनै कारोबार समेत गरेका छैनन्। प्याकेरुले सर्जिकल कम्पनीबाट प्रहरीले ठूलो मात्रामा सेनिटाइजर बरामद गरेको थियो।

    सिफारिस
    लोकप्रिय