• vacancy ad
  • तिनाउ नदीले पार गर्नै लाग्यो खतराको तह, तटीय क्षेत्रकालाई सतर्क हुन आग्रह

  • Ad Space available
  • काठमाडौँ । लगातारको वर्षाका कारण आएको बाढीले तिनाउ किनार आसपासका बस्तीमा क्षति पुर्‍याउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।

    बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाढी आएपछि तिनाउ नदीको निरीक्षण गर्दै नगरप्रमुख शिवराज सुवेदीले सावधानी अपनाउन नदी किनारका बासिन्दालाई आग्रह गरेका हुन्।

    नगरप्रमुख सुवेदीले तिनाउको जल सतहले खतराको तह छुन लागेकोले सम्भावित क्षति न्यूनीकरणका लागि मातहतका सबै संयन्त्र र जिल्लास्थित सुरक्षा निकायलाई तम्तयार रहन समेत आग्रह गरेका हुन्।

    सिफारिस
    लोकप्रिय