• vacancy ad
  • पहाडी केही क्षेत्रमा आज पनि चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना

  • Ad Space available
  • काठमाण्डौ – पहाडी केही क्षेत्रमा आज पनि चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायु, स्थानीय वायु, भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि मौसम आंशिक बदली छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको मौसमविद् गोबिन्द झाले जानकारी दिनुभयो ।

    हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो । कतै हल्का र थोरै ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो सबैभन्दा धेरै बाराको कलैयामा ७० दशमलव ६ मिलिलिटर, सिन्धुलीको नेपालथोकमा ५० दशमलव ८ मिलिलिटर, वीरगञ्जमा ४६ दशमलव ६ मिलिलिटर वर्षा मापन गरिएको छ ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय