• vacancy ad
  • तीन दिनको मौसम पूर्वानुमान : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

  • Ad Space available
  • काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (बिहीबार बिहान) देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक वदलीकै अवस्था रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज दिउँसो हावाहुरी आउने पनि सम्भावना छ । आज राति कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा जनाइएको छ ।

    यस्तो छ शुक्रबार र शनिबारको मौसम पूर्वानुमान

    २०८१ वैशाख २१ गते (शुक्रबार)

    दिउँसो– लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक वदली भई बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
    राति– सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया वदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    २०८१ वैशाख २२ गते (शनिबार)
    दिउँसो–देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया वदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति– देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया वदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

    सिफारिस
    लोकप्रिय