• vacancy ad
  • आज पनि बिहानैदेखि गर्मी, केही ठाउँमा हावाहुरीको सम्भावना

  • Ad Space available
  • काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पहाडी र तराई भेगमा आज पनि बिहानैदेखि गर्मी छ । तराईका केही ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तत्काल पानी पर्ने सम्भावना नभएको, तर कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका पहाडी  भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाकाअनुसार लुम्बिनी, मधेश र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै ठाउँहरुमा आज हावाहुरीको सम्भावना रहेको छ ।

    ad space

    तराई मधेशका जिल्लामा अत्याधिक गर्मी र हिट वेभ अर्थात तातो लहरको सम्भावना रहेकाले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभागले यसअघि नै अनुरोध गरेको छ ।

    आउँदो शुक्रवारसम्म नै पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने विभागले चेतावनी दिएको हो । दक्षिणी भूभागमा पर्ने चितवन र नवलपरासी पश्चिममा भने तातो लहरको जोखिम कम छ ।

    विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।  

  • ad space
  • सिफारिस
    लोकप्रिय