• vacancy ad
  • सांसद सापकोटालाई हटाउने जनमत पार्टीको निर्णय अस्वीकृत

  • Ad Space available
  • काठमाण्डौ – समानुपातिक सांसद गोमालाभ सापकोटालाई हटाउने जनमत पार्टीको निर्णय अस्वीकृत भएको छ । पार्टी हितअनुकूल काम नगरेको भन्दै जनमतले समानुपातिक सांसद सापकोटाको पद रिक्त गर्न फागुन २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।

    सभामुख देवराज घिमिरेले सापकोटालाई गरेको कारबाही राजनीतिक दलसम्बन्धी ऐनअनुसार नमिलेको भन्दै पद रिक्त गर्न अस्वीकार गर्नुभएको हो । कारबाहीको प्रक्रिया नपुगेको भनेर सम्बन्धित दललाई जानकारी गराएको संसद् सचिवालयले जनाएको छ ।

    सिफारिस
    लोकप्रिय