• vacancy ad
  • बचत फिर्ताको माग गर्दै पोखराका सहकारी पीडितले दिए संसदीय समितिमा निवेदन

  • Ad Space available
  • काठमाण्डौ – पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।

    सूर्यदर्शन सहकारीले १८ हजार सय सय जना बचतकर्ताको झन्डै एक अर्ब ४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भए पनि विगत दुई वर्षयता कसैले पनि फिर्ता पाउन नसकेको पीडितले बताएका छन् ।

    ad space

    रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ पर्न नसकेका भन्दै उनीहरूले राईलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन् । पीडितले १९ जनालाई किटानी जाहेरी दिएको भए पनि प्रहरीले अझै १४ जना पक्राउ पर्न नसकेको बताए ।

    त्यस्तै गएको माघ २२ गते पुरक जाहेरीमार्फत अहिलेका उपप्रधान एवम् गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भए पनि छानबिन नभएको उनीहरूले गुनासो गरेका छन् ।

    पीडितको निवेदन बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राज्यले पीडितको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले सकारले पीडितको पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय