• vacancy ad
  • सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्न कांग्रेसको माग

  • Ad Space available
  • काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

    आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनीरूपमा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताउनुभएको हो । उहाँले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अरू धेरै सहकारीलाई पनि छोड्नुपर्ने अवस्था आउने भएकाले सबैलाई छानबिन गर्नुपर्ने बताउनुभयो ।

    पोखराको सूर्यदर्शन सहकारी झण्डै १९ हजार जनाकाे एक अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पैसा अपचलनमा परेको पोखरा महानगरपालिकाको अध्ययनले देखाएको छ ।

    यसैबीच नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न आयोग बनाउन माग गर्नुभएको छ । संसद् बैठकमा बोल्दै उहाँले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताउनुभयो । सहकारीका ऋणीकाे पनि अध्ययन गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

    सिफारिस
    लोकप्रिय