• vacancy ad
  • स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा मेयर र उपमेयरसहित नौविरुद्ध मुद्दा दायर

  • Ad Space available
  • स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकाका पूर्वमेयर र पूर्वउपमेयरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आर्थिक वर्ष ०७७–७८ मा सार्वजनिक खरिद ऐन नियमावलीविपरीत खरिद सम्झौता गरी भुक्तानी गरेको भन्दै अख्तियारले तत्कालीन मेयर उदयकुमार यादव र उपमेयर शीलादेवी कापरसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    ad space

    नगरपालिकाले २०७७ फागुन १९ गते रेजा ट्रेडिङ प्रालिसँग स्यानिटरी प्याड खरिदका लागि सम्झौता गरेको थियो। तर, रेजा ट्रेडिङले त्यसअघि नै स्यानिटरी प्याड आपूर्ति गरेको र नगरपालिकाले समेत सम्झौताअगावै भुक्तानी गरेको अख्तियारको दाबी छ।

    शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको २०७७ माघ २२ को राष्ट्रिय दैनिक पत्रिका रेजा टुडेमा नगरपालिकाको कुनै सूचनासमेत प्रकाशित नभएको अख्तियारले जनाएको छ।

    उक्त कार्यमा संलग्न भएको आरोपमा अख्तियारले तत्कालीन नगरप्रमुख उदयकुमार यादव, उपप्रमुख शीलादेवी कापर, प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, रेजा ट्रेडिङ प्रालिका प्रोपराइटर एवं रेजा टुडे पत्रिकाका प्रकाशक अकबर मंसुरलाई प्रतिवादी बनाएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय