• vacancy ad
  • रुसी सेनामा ५३१ नेपाली : १६ को मृत्यु, ११६ जना घाइते, २७२ सम्पर्कविहीन

  • Ad Space available
  • काठमाडौं । हालसम्म रुसी सेनामा भर्ती भएका १६ नेपाली युवाले ज्यान गुमाएका छन् भने ११६ जना घाइते भएका छन् । रुसी सेनामा ५३१ जना नेपाली युवा रहेको पाइएको छ ।

    रुसी सेनामा रहेका नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले आज (शनिबार) उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । काठमाडौंको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गर्दै अभियानको नेतृत्व गरिरहेकी कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्याङ्क तयार पारिएको जानकारी गराइन् । रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण संकलन गर्न थालिएको उनले बताएकी छन् । ‘रुसी सेनामा गएका युवाका परिवारसँग सम्पर्क गरी विवरण संकलन गरिरहेका छौं’, उनले भनिन् ।

    ad space
    russian

    अहिलेसम्म पीडित परिवारले दिएको विवरणअनुसार, रुसी सेनामा भर्ती भएका १६ जनाको ज्यान गइसकेको छ । जसमा दोलखाका राजकुमार रोका, कैलालीका भरतबहादुर शाही, कास्कीका देवन राई, स्याङ्जाका प्रितम कार्की, इलामका गंगाराम मोक्तान, कपिलवस्तुका रुपक कार्की, गोरखाका सन्दीप थपलिया, दार्चुलाका कुन्दनसिंह नगाल, स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र पूर्णबहादुर गुरुङ, बाँकेका संजय केसी, लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ, रसुवाका सुन्दर मोक्ता र दाङका जितबहादुर पुनको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा मृतकका परिवारजन पनि उपस्थित थिए ।
    रुसी सेनामा भर्ती भएका ११६ जनाको उनीहरूका परिवारजनले विवरण टिपाएको भण्डारीले जानकारी दिइन् । रुसी सेनामा भर्ती भएका २७२ जना सम्पर्कविहीन छन् । उनीहरूका परिवारजनले खोजीका लागि पहल गरिदिन विवरण टिपाएको उनले बताइन् ।

    सम्पर्कमा आएका ५३१ जनामध्ये १२७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । उनीहरू अहिले पनि रुसी सेनामा कार्यरत छन् । रुसी सेनामा रहेका एक हजार बढी युवाका परिवार आफ्नो सम्पर्कमा आएको भण्डारीले बताएकी छन् । उनीहरू फिर्ताका लागि पहल गरिदिन आग्रह गरेको भए पनि परिचय सार्वजनिक गर्न खोजेका छैनन् । रुसी सेनाबाट फर्केका युवाको भनाइमा यो संख्या धेरै हुनसक्ने भण्डारीले बताएकी छन् ।

    russia army

    उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि ज्ञापनपत्र बुझाएका छन् । रुसी सेनामा रहेका युवालाई फिर्ता गर्न, मृतकको शव ल्याउन, घाइतेको उपचार गर्न र स्वदेश फर्काउन, मृतक र घाइतेका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । यसका लागि कूटनीतिक पहल गर्न पनि पीडित परिवारले प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् । यता सरकारले जागरिका नाममा युद्धग्रस्त देश नजान पटक–पटक आग्रह गर्दै आएको छ । सरकारले रुसी सेनामा भर्ती भएका नेपालीलाई नेपाल फर्काइ दिन र भर्ती नलिन समेत रुसी सरकारलाई आग्रह गरेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय