• vacancy ad
  • मेलम्ची भ्रष्टाचारमा मुछिएका भीम उपाध्यायको प्रश्न : आठ अर्बको ठेक्कामा सात अर्ब भ्रष्टाचार ?

  • Ad Space available
  • काठमाडौं । पूर्व सचिव भीम उपाध्यायले आफूले मेलम्चीमा कुनै गल्ती नगरेको जिकिर गरेका छन् । उनले वैठकमा चिया खाजा त्यो पनि शाकाहारी बाहेक केही नखाएको दावी गरेका छन् । उपाध्यायसँग चार करोड ११ लाख रुपैयाँ बिगो मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर भएको छ ।

    आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको भन्दै पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची आयोजनाको काम नै नगरी भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै पूर्वसचिव उपाध्यायसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उपाध्यायसहित पूर्वसचिवहरू सञ्जय शर्मा र गजेन्द्र ठाकुर, अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव मुकुन्दप्रसाद पौडेल, मेलम्ची खानेपानी आयोजनामा निर्देशक, सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाता गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    ad space

    मुद्दा दायर भएका पूर्वसचिव उपाध्याय सामाजिक सञ्जालहरूमा चर्चित व्यक्ति हुन् । नेपाल सरकारको सचिव पदबाट सेवानिवृत्त भएपछि उनले भ्रष्टाचारका विषयमा दिएका प्रतिक्रियाले निकै चर्चा पाउने गरेको छ । जसका कारण मेलम्ची प्रकरणमा उनको समेत नाम जोडिएपछि धेरैले यो विषयलाई चासोका साथ हेरेका छन् ।

    आफूविरुद्ध मुद्दा दायर भएपछि अहिले अमेरिकामा रहेका उपाध्यायले भने मुद्दामा रत्ति पनि दम नभएको प्रतिक्रिया जनाएका छन् । फेसबुकमार्फत लामो प्रतिक्रिया दिँदै उपाध्यायले यो प्रकरणमा आफूले डेढ वर्षअघि नै अख्तियारमा गएर लिखित प्रतिक्रिया दिइसकेको पनि जनाएका छन् । साथै यो मुद्दा दायर गर्ने विषय नै नभएको पनि तर्क गरेका छन् ।

    ‘मैले डेढ वर्षअघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको थिएँ । यो मुद्दा दायर गर्नपर्ने विषय नै हैन, प्रोजेक्ट फिनान्सियल एवं टेक्निकल म्यानेजमेन्टको ईस्यु मात्र हो भनेको थिएँ,’ उपाध्यायाले फेसबुकमा लेखेका छन्, ‘तर, अख्तियारले आफ्नो व्याख्यात्मक अधिकार प्रयोग गरेर मुद्दा दायर गरेछ । मुद्दामा रत्ति दम छैन । अधिकार हुनेले अधिकारको दुरूपयोग गर्न सक्छन् । यसको दोष लिने कुरा हुँदैन ।’

    आफूले अभियोजनको विस्तृत विवरण पढ्न नपाएको उल्लेख गर्दै उपाध्यायले आफूविरुद्ध मेलम्ची विकास बोर्डका पाँच सदस्यबाट अनुमोदन गराई किन ठेकेदारलाई बिनाब्याज पेश्की दिएको भनिएको उल्लेख गरेका छन् । ’मसँग सोधिएको कुरा तपाईं अध्यक्ष भएको मेलम्ची विकास बोर्डका पाँच सदस्यबाट अनुमोदन गराई किन ठेकेदारलाई बिनाब्याज पेस्की दिएको भनिएको हो, जति रकम पेस्की दिएको छ त्यसको ब्याज राज्यलाई हानी गर्‍यो भनिएको रहेछ,’ उनले फेसबुकमा लेखेका छन् ।

    आफूले देशहित बाहेकको काम नगरेकाले ढुक्क भएको उनको प्रतिक्रिया छ । साथै उनले अदालतमा मुद्दा पुगिसकेकाले यो प्राविधिक विषय भएको र स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने उनले बताएका छन् । ’विशेष अदालतमा मुद्दा परिसकेको छ । विषय प्राविधिक बनेको छ । बदनीयत नभइ फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन । स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने नै छु,’ उपाध्यायले फेसबुकमा लेखेका छन्, ’मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला । कहिलेकाँही भाइरस लागेर रूघाखोकी लाग्छ । सामान्य उपचार गर्नुपर्छ । मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन ।’
    हेर्नुस् उपाध्यायको फेसबुक स्टाटस

    sta
  • ad space
  • सिफारिस
    लोकप्रिय