• vacancy ad
  • दाङ बस दुर्घटना अपडेट : मृत्तक १२ जनाकै सनाखत, पोष्टमार्टम जारी

  • Ad Space available
  • दाङ । दाङको भालुवाङमा शुक्रबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने एक महिला र ११ पुरुषको सनाखत भएको छ ।

    दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगञ्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौंडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाडौँ चन्द्रागिरी नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन र रुकुम गोतमकोट निवासी २५ वर्षीय दीपक कामीको सनाखत भएको छ ।

    ad space

    यस्तै, भारत बिहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तरप्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापाको पनि सनाखत भएको छ ।

    लमही अस्पतालमा पोष्टमार्टम जारी छ । अहिलेसम्म ५ जनाको पोष्टमार्टम गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । बसमा चालकसहित ३७ जना सवार थिए । जसमध्ये २४ जना घाइते छन् । महिला ६ र पुरुष १८ जना घाइते छन् । घाइतेमध्ये चौराहा हस्पिटल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुबांगमा एक, प्रास्तावित भालुबांग अस्पतालमा एक जना बिरामीको उपचार जारी छ । जसमध्ये चार जना गम्भीर छन् । प्रहरीले बस चालक सल्यान त्रिवेणी गाउँपालिका–४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय