• vacancy ad
  • कोठामा आगो बालेर सुतेकी वृद्धाको जलेर मृत्यु

  • Ad Space available
  • बर्दिया । कोठा न्यानो बनाउन बालेको आगो ब्ल्यांकेटमा सल्किएपछि जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षीय सोहनी थारूले बुधबार चिसोबाट बच्न कोठामा आगो बालेर सुतेकी थिइन् ।

    उक्त आगो ओडेको ब्ल्यांकेटमा सल्किएर उनी समेत जलेर गम्भीर घाइते भएकी थिइन् । बर्दियाका प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालका अनुसार जलेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि बुधबार बर्दिया अस्पताल लगिएको थियो ।
    त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पताल लगिएकोमा उपचारका क्रममा आज बिहान ४ बजे वृद्धाको मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    सिफारिस
    लोकप्रिय